Samajik Feed – News Portal from Nepal

बैतडी, १३ कार्तिक । बैतडीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

प्रहरीले पञ्चेश्वर गाउँपालिका-४ लडागाउँका १८ वर्षीय किशोरलाई आइतबार राति पक्राउ गरेको हो । गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तस्वदेहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *