बारा, १३ कार्तिक । बाराको कलैयास्थित बाल एकता इङ्गिलस बोर्डिङ्ग स्कूलका प्रनाधानाध्यपक रुपेश सरार्फ (गुड्डु) को हत्या भएको छ । कलैया–६ मदर्शा टोलमा मोटरसाइकलमा आएको समूहले सर्राफमाथि गाेली प्रहार गरेको हो ।
घाँटी तथा छातीमा गोली लागेका सर्राफको वीरगंजस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए ।
गोली लागेर घाइते भएका उनलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको थियो ।