जम्मू–कश्मीरको डोडामा बस दुर्घटना, ३९ जनाको मृत्यु

भारत । भारत प्रशासित जम्मू–कश्मीरको डोडामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । बुधबार भएको दुर्घटनामा १७ जना घाइते भएका छन् । चालकले बसको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हुन सक्ने डोडाका डेप्युटी कमिस्नर हरविन्दर सिंह बताएका छन् । मोडमा ठिक ढङ्गले बसलाई मोड्न नसकेपछि बस बाटोबाट खोल्सामा खसेको हुन सक्ने आफ्नो प्रारम्भिक […]
रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना, एक जनाको मृत्यु

रौतहट, २९ कार्तिक । रौतहटको चन्द्रनिगाहपुरमा अटो र मोटरसाइकल ठोक्किँदा अटोमा सवार महिलाको मृत्यु भएको छ। बुधबार चन्द्रपुर–५ स्थित जगत पेट्रोल पम्पनजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना. २ ह २४५३ नं. को अटो र सोही दिशातर्फ आउँदै गरेको ज. ७ प ८२५० नं. को मोटरसाइकल ठोक्किँएका हुन् । दुर्घटनामा अटोमा सवार चन्द्रपुर–४ मुस्लिम टोलकी शैरुन […]
महिला क्रिकेट टी–२० सिरिज: तान्जानियासँग नेपाल पराजित

हङकङ । चार देश सम्मिलित महिला टी–२० सिरिजको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको छ। हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६.८ ओभरमा ८८ रन बनाएर अल आउट भएको हो । नेपालकी सिता राना मगरले ४३ रन बनाइन् । ३१ बल खेलेकी उनले ४ छक्का प्रहार गरिन् […]
नेपालगञ्जस्थित बोरा गोदाममा आगलागी

बाँके, २९ कार्तिक । बाँकेको नेपालगञ्जस्थित एक बोरा गोदाममा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गएराति आगलागी भएको हो । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जनाएका छन् । आगलागीबाट करिब ४० लाखको क्षति भएको ट्रेडिङका सञ्चालक […]
गाजाको सबैभन्दा ठूलो अस्पतालमा इजराइली सेना प्रवेश

एजेन्सी । हमासको कमान्ड सेन्टर रहेको भन्दै इजराइली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको इजराइली सेनाको दाबी छ । इजराइली र प्यालेस्टिनी अधिकारीहरूले गाजा सहरको अल–शिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन् । इजराइल डिफेन्स फोर्स (आइडीएफ) ले आफ्नो […]
रेलले किचिएर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

सामाजिक फीड- धनुषा, कार्तिक २८ । धनुषाको वैदेहीमा रेलले किचिएर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । मंगलबार बिहान रेलले किचिएर भारत बिहारको मधुवनी जिल्लाको जयनगर बेल्हीका ६० वर्षीय विन्देश्वर दासको मृत्यु भएको हो । बिहान जयनगरतर्फ जाँदै गरेको रेलले धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशननजिक किचिएर दासको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको शव दुई […]
धनुषामा ट्रकबाट मोटरसाइकललाई ठक्कर, दुई जनाको मृत्यु

धनुषा, २८ कार्तिक । धनुषामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । गएराति धनुषाधाम नगरपालिका–९ मालटोलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ–२ का अन्दाजी १८ वर्षीय टेमा मोक्तानको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको थियो । […]
आजबाट टिकटक पूर्ण रूपमा बन्द हुने : आइस्पान

काठमाडाैँ, २८ कार्तिक । मंगलबार बेलुकासम्म टिकटक पूर्ण रूपमा बन्द हुने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सरकारी निर्देशनअनुसार आज दिउँसाे १ बजेपछि टिकटक बन्द गर्न थाल्ने जानकारी दिएका हुन् । यस बारेमा आजै इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पानको बैठक बसेर छलफलसमेत गरिएको थियो । जसअनुसार उनीहरूले सामूहिक रूपमा नै १ बजेदेखि क्रमशः […]
टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार

काठमाडाैँ, २७ कार्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार सामाजिक सञ्जाल टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न भन्दै दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई इमेल पठाइएको हो । सेवा प्रदायकहरूलाई तत्काल टिकटक डटकम र एपमा […]
सरकारी कागजातमा नेपाल सम्वत् पनि उल्लेख हुने

काठमाडौँ, २७ कात्तिक । सरकारले सरकारी कागजातमा विक्रम सम्तवसँगै नेपाल सम्वत् समेत उल्लेख गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले भोलिदेखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् ११४४ समेत उल्लेख गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं ९३७ (ई.सं ८८०) […]