Samajik Feed – News Portal from Nepal

रौतहट, २९ कार्तिक । रौतहटको चन्द्रनिगाहपुरमा अटो र मोटरसाइकल ठोक्किँदा अटोमा सवार महिलाको मृत्यु भएको छ।

बुधबार चन्द्रपुर–५ स्थित जगत पेट्रोल पम्पनजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना. २ ह २४५३ नं. को अटो र सोही दिशातर्फ आउँदै गरेको ज. ७ प ८२५० नं. को मोटरसाइकल ठोक्किँएका हुन् । दुर्घटनामा अटोमा सवार चन्द्रपुर–४ मुस्लिम टोलकी शैरुन खातुनको मृत्यु भएको हो ।

मोटरसाइकल, अटोका साथै चालकलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *