Samajik Feed – News Portal from Nepal

बाँके, २९ कार्तिक । बाँकेको नेपालगञ्जस्थित एक बोरा गोदाममा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गएराति आगलागी भएको हो ।

आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जनाएका छन् । आगलागीबाट करिब ४० लाखको क्षति भएको ट्रेडिङका सञ्चालक सुरेशकुमार शाहले बताएका छन् ।

विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरी प्रवक्ता डाँगीले बताए । आगो आज बिहानमात्रै नियन्त्रणमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *