Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, २७ कार्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार सामाजिक सञ्जाल टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय कार्यान्वयन गर्न भन्दै दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई इमेल पठाइएको हो । सेवा प्रदायकहरूलाई तत्काल टिकटक डटकम र एपमा पहुँच बन्द गर्न प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालद्वारा आदेश दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *