Samajik Feed – News Portal from Nepal

हङकङ । चार देश सम्मिलित महिला टी–२० सिरिजको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको छ।

हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६.८ ओभरमा ८८ रन बनाएर अल आउट भएको हो । नेपालकी सिता राना मगरले ४३ रन बनाइन् । ३१ बल खेलेकी उनले ४ छक्का प्रहार गरिन् । कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ तान्जानियाकी सोफिया जेरोमले ३ र निमा पियुषले २ विकेट लिए ।

पेरिस जकायो, म्वानाम्वा उसाङ्गा र आइसा मोहम्मदले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । तान्जानियाकी हुड्डा ओमरीले २५, आइसा मोहम्मदले २१, सउम एम्तेइले १६, फातुमा किबसुले ११ र मोनिका पास्कलले १० रन बनाएका थिए । बलिङतर्फ नेपालकी संगिता राईले २ विकेट लिइन् ।

पुजा महतो, रूबिना चौधरी र इन्दु बर्माले एक/एक विकेट लिए । आईसीसी बरियतामा तान्जानिया १९ औँ स्थानमा छ भने नेपाल २१ औं स्थानमा छ । जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । नेपालले दोस्रो खेल कात्तिक ३० गते हङकङसँग तथा समूह चरणको अन्तिम खेल मङ्सिर २ गते जापानसँग खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *