Samajik Feed – News Portal from Nepal

दुर्गा प्रसाईंलाई प्रदर्शनमा सहभागी हुन दिइएन

काठमाडौँ, १२ मंसिर । दुर्गा प्रसाईंलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको प्रदर्शनमा सहभागी हुन प्रहरीले रोक लगाएको छ । मंगलबार गौशालामा हुन लागेको प्रदर्शनमा सहभागी हुन आइरहेका प्रसाईंलाई प्रहरीले पेप्सिकोला चोकमा रोकेर ठिमीस्थित घरमा फिर्ता पठाएको हो । महाअभियानले आज पनि प्रदर्शनको आयोजना गरेको छ ।यसअघि सोमबार गौशालामा झडप भएपछि प्रहरीले सुनसरी […]

गुजरातमा चट्याङका कारण २४ जनाको मृत्यु

भारत । भारतको पश्चिमी राज्य गुजरातमा चट्याङका कारण २४ जनाको मृत्यु भएको छ । बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण आइतबार र सोमबार गरी २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको भए तापनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटना निम्त्याइरहेको […]

सामाचकेवा पर्व आज समापन गरिँदै

जनकपुरधाम, ११ मंसिर । मिथिलाञ्चलमा मनाइने सामाचकेवा पर्व आज समापन गरिँदैछ । दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रूपमा रहेको सामाचकेवा पर्व समापन हुन लागेको हो । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनादेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन गरिने परम्परा छ । माटो मुछेर बनाइएका चुगला, वृन्दावन, सप्तर्षिसहितका आकृति दाजुभाइले घुँडामा राखेर […]

सर्लाहीमा जुम्ल्याहा नवजात शिशुको शव फेला

सर्लाही, ११ मंसिर । सर्लाहीको मलङ्गवामा जुम्ल्याहा नवजात शिशुको शव फेला परेको छ । सोमबार मलङ्गवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५-६ महिनाको मृत जुम्ल्याहा शिशु फेला परेका हुन् । बाटो हिँड्ने बटुवाले जुम्ल्याहा मृत शिशु देखेपछि प्रहरीमा खबर गरेका थिए । मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ […]

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना समातिए

काठमाडौँ, १० मंसिर । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रोल्पा गङ्गादेव गाउँपालिका–३ घर भई हाल काठमाडौँ गंगबुमा बस्ने ३९ वर्षीय निमराज डाँगी र पाल्पा रब्दिकोट नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौँ वसुन्धरा बस्ने ३३ वर्षीय चक्र पोखरेललाई पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध […]

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक जलेश्वरमा सुरु हुँदै

महोत्तरी । ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ । बैठक दिउँसाे महोत्तरीको जलेश्वरमा सुरु हुने पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिएका छन् । तीन दिन चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकमा पार्टीको दीर्घकालीन […]

राजविराजस्थित एक लज सञ्चालकसहित दुई जना पक्राउ, वेश्यावृत्ति गराएको आरोप

सप्तरी, १० मंसिर । वेश्यावृत्ति गराएको आरोपमा सप्तरीको राजविराजस्थित एक लज सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेस्ट हाउसका सञ्चालक राजविराज नगरपालिका–६ बस्ने ५७ वर्षीय अरुणचन्द्र मिश्र र प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डललाई पक्राउ गरिएको हो । लजमा महिलाहरू राखेर वेश्यावृत्ति गराएको उनीहरूमाथि आरोप छ […]

निकिता गान्धीको कन्सर्टमा भागदौड, ४ जनाको मृत्यु

भारत । बलिउड गायिका निकिता गान्धीको कन्सर्टमा भागदौड हुँदा ४ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोचीन यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी (सीयूएसएटी) मा आयोजित कन्सर्टका क्रममा पानी परेपछि भागदौड हुँदा चार जनाको मृत्यु भएको हो । अन्य ६५ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई किशोर र दुई किशोरी रहेको बताइएको छ […]

स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा. केसीको माग

काठमाडौँ, १० मंसिर । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन् । मन्त्री बस्नेतले मेडिकल माफियाका पक्षमा लबिङ गरिरहेको भन्दै केसीले उनलाई बर्खास्त गर्न माग गरेका हुन् । उनले विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतले आफूमाथि लाञ्छना लगाएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । […]

पूर्वराजाद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण

झापा, ९ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । शनिबार पूर्वराजा शाहले इस्टर्न इम्पाएर कलेजको प्राङ्गणमा रहेको शाहको शालिक अनावरण गरेका हुन् । पूर्वराजा शाहको स्वागतका लागि झापावासीको भिड लागेको थियो । शालिक अनावरण गर्न जाँदा पूर्वराजा शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगै एक किलोमिटर पैदल यात्रा […]