झापा, ९ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । शनिबार पूर्वराजा शाहले इस्टर्न इम्पाएर कलेजको प्राङ्गणमा रहेको शाहको शालिक अनावरण गरेका हुन् ।
पूर्वराजा शाहको स्वागतका लागि झापावासीको भिड लागेको थियो । शालिक अनावरण गर्न जाँदा पूर्वराजा शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगै एक किलोमिटर पैदल यात्रा गरेका थिए । पूर्वराजाको सुरक्षार्थ झापाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
पूर्वराजाका समर्थकहरूले मोटरसाइकल र्याली पनि निकालेका थिए । पूर्वराजाका समर्थकहरू इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट समेत आएका थिए ।