सर्लाही, ११ मंसिर । सर्लाहीको मलङ्गवामा जुम्ल्याहा नवजात शिशुको शव फेला परेको छ । सोमबार मलङ्गवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५-६ महिनाको मृत जुम्ल्याहा शिशु फेला परेका हुन् ।
बाटो हिँड्ने बटुवाले जुम्ल्याहा मृत शिशु देखेपछि प्रहरीमा खबर गरेका थिए । मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । शिशु फाल्नेको खोजी सुरु गरिएको डीएसपी थारुले बताएका छन् ।
अवैध सम्बन्धबाट गर्भ बसेपछि शल्यक्रिया गरी यी शिशु फालेको आशङ्का गरिए पनि यस सम्बन्धमा सुक्ष्म ढङ्गले अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मङ्गलवाले जनाएको छ ।