महोत्तरी । ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ । बैठक दिउँसाे महोत्तरीको जलेश्वरमा सुरु हुने पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिएका छन् ।
तीन दिन चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकमा पार्टीको दीर्घकालीन नीतिबारे पनि परामर्श हुनेछ ।त्यसका लागि केन्द्रीय समिति र सांसदहरू मधेसमै खटिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिरभित्रमा महाधिवेशनको प्रक्रिया सुरु गरिसक्नुपर्ने छ। वडा तहबाट महाधिवेशनको प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको रास्वपाले त्यसको विधि र प्रणालीबारे पनि यो बैठकमा छलफल गर्नेछ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले मधेशका जिल्लाहरूमा सक्रियता बढाएको छ ।