Samajik Feed – News Portal from Nepal

८ सय २६ जना प्रहरी वरिष्ठ हवल्दारमा बढुवा

काठमाडौँ, ५ माघ । नेपाल प्रहरीका ८ सय २६ हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा गरिएको छ । गत बुधबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बढुवा भएका वरिष्ठ हवल्दारहरूलाई प्रचलित नियम बमोजिम तलबभत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरवन्दीबाट उपलब्ध गराउन प्रधान कार्यालयले राष्ट्रिय कितावखाना (प्रहरी) लैनचौरलाई भनेको छ । samajik_feedsamajikfeed.com

रौतहटमा बौलाहा स्यालको आक्रमणबाट १२ जना घाइते, एक महिलाको अवस्था गम्भीर

समाजिक फीड जनकपुरधाम, माघ ५ गते । रौतहटमा स्यालको टोकाइबाट एक दर्जन व्यक्ति घाइते भएका छन् । बिहीवार साँझ गढीमाई नगरपालिका–७ का स्थानीय गोठालालाई घाँस काट्न गएका बेला उखु घारीबाट एक्कासि आएको बौलाहा स्यालले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते मध्ये ६० वर्षीया तेतरी खातुनको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ओमप्रकाश […]

छुट्टी नलिएको भन्दै ५ जना प्रहरीलाई सोधियो स्पष्टिकरण, जवाफ नदिए कारबाही गर्ने चेतावनी

समाजिक फीड जनकपुरधाम, माघ ४ गते । जिल्ला प्रहरी खोटाङले नियम अनुसारको बिदा नबसेको भन्दै ५ जना प्रहरीलाई स्पष्टीकरण सोधेको छ । प्रहरी नियमावली २०७१ (संशोधन सहित ) मा व्यवस्था भएबमोजिम नियम अनुसारको उपभोग गर्न पाउने बिदा जानुपर्ने भएता पनि ६ महिनासम्म बिदा नलिएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो । जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी […]

मधेश प्रदेश : १३ वटा ट्रक सहित ५ हजार ४६० बोरा पोटास खाद प्रहरीको नियन्त्रणमा

समाजिक फीड जनकपुरधाम, माघ ४ गते । बारा प्रहरीले अबैध पोटास खाद सहित १३ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । कर समबन्धी विवरण शंकास्पद देखिएपछि खाद बोकेर वीरगञ्जबाट राजविराज, विराटनगर, विर्तामोडतर्फ जाँदै गरेको ती ट्रकहरुलाई बाराको दुईवटा प्रहरी युनिटले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार बरामद भएको ५ हजार ४६० […]

प्रधानमन्त्री कप क्रिकेट: मधेश प्रदेशद्वारा एपीएफ पराजित

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मधेश प्रदेशले जित हासिल गरेको छ । मधेशले एपीएफलाई ५ विकेटले पराजित गरेको हो । मधेशले २४७ रनको लक्ष्य ४८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । मधेशलाई जिताउन मध्यक्रमका ब्याटर रुपेश सिंह, पवन सराफ र निरज यादवले अर्धशतकीय पारी खेले । […]

राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेश प्रदेशमा बिदा दिन जानकी मन्दिरको माग

समाजिक फीड जनकपुरधाम, माघ ४ गते । जानकी मन्दिरले भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन माग गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनत्र बुझाउँदै जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले माघ ८ गते प्रदेशभरि सार्वजनिक बिदा दिन माग गरेका छन् । उनले त्यस दिन प्रदेशभर दिपावली मनाउनका […]

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन वीरगञ्जमा रक्सी र माछामासु बिक्री गर्न नपाइने

समाजिक फीड जनकपुरधाम, माघ ४ गते । भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन वीरगञ्ज महानगरपालिकाभित्र मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाइएको छ । वीरगञ्ज महानगरले एक सूचना जारी गर्दै महानगरपालिकाभित्र पशुपन्छी र जीवजन्तुको बध गर्न, मदिरा र माछामासु बिक्री तथा वितरणमा रोक लगाउने निर्णय भएको जनाएको छ । माघ ८ गते […]

मेयर साहलाई धम्की दिएको आरोपमा एक जना पक्राउ

बारा, ४ माघ । कलैया उपमहानगरपालिकाका मेयर विनोद साहलाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ का ३६ वर्षीय भोला गिरीलाई पक्राउ गरेको हो । अज्ञात व्यक्तिले फोन गरी धम्की दिएको भन्दै प्रमुख साहले प्रहरीमा जानकारी दिएका थिए । विभिन्न माध्यमबाट धम्की दिने ती व्यक्तिलाई पहिचान गरी […]

बालिका बलात्कार गर्न लगाउने व्यक्तिसहित तीन जना पक्राउ

दाङ, ४ माघ । दाङको राजपुरमा एक बालिका बलात्कार गर्न लगाउने व्यक्तिसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले राजपुर गाउँपालिका–७ सिप्टाका ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका–६ बस्ने १० वर्षीय दुई जना बालकलाई पक्राउ गरेको हो । सुकविरले चार जना बालकहरूलाई सात वर्षीय ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका […]

सिरहाको मिर्चैयामा पालिकाबाटै पासपोर्ट वितरण सुरु

समाजिक फीड सिरहा, माघ ४ गते । सिरहाको मिर्चैया नगरपालिकाबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु भएको छ। बायोमेट्रिक बाहेक आवेदन लगायतका सम्पूर्ण काम पालिकाबाटै सुरु भएको मेयर श्रवनकुमार यादवले बताए । उनले बिहीवार मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरू गरेका हुन्। ‘अब मिर्चैयाबसी राहदानीका लागि प्रशासन कार्यालय पटक–पटक जानुपर्ने बाध्यता हटेको छ’, […]