समाजिक फीड
सिरहा, माघ ४ गते ।
सिरहाको मिर्चैया नगरपालिकाबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु भएको छ।
बायोमेट्रिक बाहेक आवेदन लगायतका सम्पूर्ण काम पालिकाबाटै सुरु भएको मेयर श्रवनकुमार यादवले बताए ।
उनले बिहीवार मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरू गरेका हुन्।
‘अब मिर्चैयाबसी राहदानीका लागि प्रशासन कार्यालय पटक–पटक जानुपर्ने बाध्यता हटेको छ’, मेयर यादवले भने, ‘आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ।’
नागरिकको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राहदानी पालिकाबाट नै वितरण सुरु गरेको उनको भनाई छ ।
स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुशी भएका छन्।
Dherai khushi ko kura xaa janta ko laagi……Aab laamo line maa kurnu pardaina……to subidha taw Sabai Jilla maa hunu parxa..yo niyem Sabai Jilla may uplabdha garaunu ko lagi maa Nepal Sarkar sanga namra nibedan gardai xuuu …