Skip to main content

समाजिक फीड

जनकपुरधाम, माघ ४ गते ।

जिल्ला प्रहरी खोटाङले नियम अनुसारको बिदा नबसेको भन्दै ५ जना प्रहरीलाई स्पष्टीकरण सोधेको छ ।

प्रहरी नियमावली २०७१ (संशोधन सहित ) मा व्यवस्था भएबमोजिम नियम अनुसारको उपभोग गर्न पाउने बिदा जानुपर्ने भएता पनि ६ महिनासम्म बिदा नलिएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।

जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी निरिक्षक बेनु कार्कीको उक्त स्पष्टिकरण पत्रमा हस्ताक्षर छ ।

स्पष्टीकरण सोधिनेहरुमा प्रहरी सहायक हवल्दार सविन थक्लुङ लिम्बू, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, अनिल परियार र रुपेश तामाङ रहेका छन् ।

‘६ महिनासम्म बिदा नजानुपर्ने कारण के हो ? बिदा लिई आफ्नो घरायसी समस्या समाधान गर्नुपर्छ भन्ने जानकारी छ वा छैन ? आफ्नो घर परिवारको रेखदेख गर्ने तपाईको कर्तव्यभित्र पर्छ भन्ने कुराको जानकारी छ वा छैन ? बिदा भुक्तान गरी सकेपश्चात नागरिकहरुमा मुस्कानसहितको गुणस्तरीय सेवा सुविधा दिनु पर्नेमा स्वयं आफ्नो समस्या नदर्साई कुनै किसिमको बिदा नगई आफैँमा उदासिनता बसेको देखिएका हुँदा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ स्पष्टीकरण पत्रमा भनिएके छ ।

स्पष्टीकरणको २४ घण्टामा सन्तोषजनक जवाफ नआए प्रहरी नियमावलीबमोजिम कारबाही हुनेसमेत पत्रमा चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *