Samajik Feed – News Portal from Nepal

दाङ, ४ माघ । दाङको राजपुरमा एक बालिका बलात्कार गर्न लगाउने व्यक्तिसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले राजपुर गाउँपालिका–७ सिप्टाका ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका–६ बस्ने १० वर्षीय दुई जना बालकलाई पक्राउ गरेको हो ।

सुकविरले चार जना बालकहरूलाई सात वर्षीय ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूमध्ये दुई बालकलाई परिवारको जिम्मा लगाइएको छ ।

सुकबिर कुमाल र अन्य दुई बालकविरुद्ध जिल्ला अदालत दाङबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *