Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ ४ गते ।

जानकी मन्दिरले भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन माग गरेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनत्र बुझाउँदै जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले माघ ८ गते प्रदेशभरि सार्वजनिक बिदा दिन माग गरेका छन् ।

उनले त्यस दिन प्रदेशभर दिपावली मनाउनका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।

मिथिला र अवधको धार्मिक, पौराणिक, आध्यात्मिक एवं सांस्कृतिक सम्बन्धको आधारमा माता सीताको ससुरालीमा हुने हर्ष बढाईमा मधेश प्रदेशवासी तथा मिथिलावासी सहभागी हुन समग्र मधेस प्रदेश तथा मिथिलामा विभिन्न कार्यक्रमहरुका साथै दिपावली मनाउन गइरहेकाले संसारलाई त्रेता युगीन भगवान रामजानकीको पौराणिक वैवाहिक सम्बन्धको संदेश दिन सरकारी रूपमा उत्सव मनाउन प्रदेशमा सार्वजनिक बिदाको घोषणा तथा प्रदेशवासीलाई उक्त दिन दिपावली मनाउन आग्रहपूर्ण सन्देश दिन दासले मुख्यमन्त्रीसँग अनुरोध गरेका हुन्।

वर्षौंको विवादपछि अदालतको निर्णयअनुसार अयोध्यामा भगवान रामको मन्दिर निर्माण भई मन्दिरको समुद्घाटन तथान श्रीरामललाको प्राण प्रतिष्ठाको सुखद खबरले विश्वकै हिन्दु धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएकाले सो दिन दिपावली मनाउन विज्ञप्तीमा आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *