काठमाडौँ, ५ माघ । नेपाल प्रहरीका ८ सय २६ हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा गरिएको छ । गत बुधबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बढुवा भएका वरिष्ठ हवल्दारहरूलाई प्रचलित नियम बमोजिम तलबभत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरवन्दीबाट उपलब्ध गराउन प्रधान कार्यालयले राष्ट्रिय कितावखाना (प्रहरी) लैनचौरलाई भनेको छ ।