Samajik Feed – News Portal from Nepal

बारा, ४ माघ । कलैया उपमहानगरपालिकाका मेयर विनोद साहलाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ का ३६ वर्षीय भोला गिरीलाई पक्राउ गरेको हो ।

अज्ञात व्यक्तिले फोन गरी धम्की दिएको भन्दै प्रमुख साहले प्रहरीमा जानकारी दिएका थिए । विभिन्न माध्यमबाट धम्की दिने ती व्यक्तिलाई पहिचान गरी प्रहरीले पक्राउ गरेको हो ।

गिरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *