Samajik Feed – News Portal from Nepal

मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचन : एकजना सांसदले भोट खसाएनन्, मतगणनाको तयारी सुरु

समाजिक फीड जनकपुरधाम, माघ ११ गते । राष्ट्रियसभा निर्वाचनका लािग मधेश प्रदेशमा मतदान सम्पन्न भएको छ । दुई जना सदस्यका लागि जनकपुरस्थित महेन्द्र नरायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान भएको हो । एकजना प्रदेशसभा सदस्य बाहेक सबै मतदाताले भोट खसालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदान सम्पन्न भएर अहिले मतगणनाको तयारी चलिरहेको सहायक प्रदेश […]

मधेश प्रदेशले गण्डकीलाई दियो ३३६ रनको लक्ष्य, अनिले खेले शतकीय पारी

समनजिक फीडजनकपुरधाम , माघ ११ गते । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेसले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउदै तीन सय ३५ रन बनायो। मधेसका लागि अनिल साहले शतकीय पारी खेले। उनले […]

दलितसँग प्रेम गरेको भन्दै छोरी हत्याको आरोपमा एक जना पक्राउ

बारा, ११ माघ । दलितसँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणी टोलका हरिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो । महतोले साउन ११ गते छोरी कोशिलाको हत्या गरी पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुलनजिकै इमृतिया खोलाकिनारमा फालेको […]

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने ६ जना पक्राउ

पोखरा, ११ माघ । क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक क्यानेडियन र एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् । कास्की प्रहरीले मंगलबार पोखराको बुद्धचोकको होटल टास्कमा क्यानेडा लैजाने प्रलोभन देखाएर अन्तर्वार्ता लिन बोलाएको सूचनाका आधारमा प्रहरीले छापा हान्दा ६ जनालाई पक्राउ परेका हुन् । पोखरा महानगरपालिका–१३ पाटनवेशीकी ६५ वर्षीया पार्वती सुनारले छोरी क्यानेडामा […]

बालेनले राष्ट्रियसभा चुनावमा भोट नखासाल्ने

समाजिक फीडजनकपुरधाम ,माघ ११ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रियसभा चुनावमा भोट नखसाल्ने भएका छन्। राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशको मतदान बिहान ९ बजेदेखि हेटौँडामा भइरहेको छ। उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् । मेयर शाह कार्यव्यस्तताका कारण हेटौँडा जान नपाएको उनको सचिवालयले जनाएको छ। मेयर शाह बागमती प्रदेशका मतदाता […]

जनकपुर सहित सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन जारी, आजै मतपरिणाम आउने

समाजिक फीड जनकपुरधाम, माघ ११ गते । मधेश सहित सातवटै प्रदेशमा राष्ट्रिय सभाको रिक्त हुन लागेको १९ सदस्यका लागि शान्तिपुर्ण मतदान भइरहेको छ । जनकपुर सहित सातै प्रदेशका मतदान केन्द्रहरूमा बिहीबार बिहान ९ बजेदेखि मतदान जारी छ । मधेश प्रदेशमा दुई जना सदस्यका लागि जनकपुरस्थि महेन्द्रनरायण निधि मिथिला संस्कृतिक केन्द्रमा मतदान भइरहेको छ । प्रदेशसभा […]

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

काठमाडाैँ, १० माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्तिमार्फत् अधिवेशन माघ २२ गते सोमबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको हो । यस अघि मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरेको […]

नश्लीय व्यवहारप्रति प्रहरीलाई संवेदनशील बनाउन आईजीपीलाई मधेशी आयोगको निर्देशन

काठमाडाैँ, १० माघ । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले नश्लीय व्यवहारप्रति प्रहरीलाई संवेदनशील बनाउन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन् । आयोगको कार्यालयमा बुधबार अध्यक्ष डा. दत्त र प्रहरी महानिरीक्षक कुँवरबीच भएको भेटमा अध्यक्ष डा. दत्तले यस्तो निर्देशन दिएका हुन् । उनले मधेशीलाई गाली गलौज, अपमानजनक शब्द प्रयोग गर्ने, नश्लीय व्यवहार गर्ने व्यक्ति […]

इजरायलको बम हमलामा एकै दिन ४० जना प्यालेस्टेनीको मृत्यु

एजेन्सी जनकपुरधाम, माघ १० गते । इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा एकै दिन ४० जना प्यालेस्टेनीको मृत्यु भएको छ । खान युनिस शहरमा इजरायलले गरेको लगातारको बम हमलामा ठूलो संख्यामा हताहती भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । हमलामा थुप्रै जना घाइते भएका छन् । इजरायलले गाजाको वेष्ट बैंकमा लगातार ड्रोन आक्रमण जारी राखेको छ । इजरायलले […]

भन्सार छलेर ल्याइएको १९ हजार किलो प्याज प्रहरीको नियन्त्रणमा

समाजिक फीड जनकपुरधाम, माघ १० गते । भारतबाट भन्सार छली गरेर ल्याएको १९ हजार किलोभन्दा बढी प्याज महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दिबास नगरपालिका– ३ स्थित विपी राजमार्गमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तथा इलाका प्रहरी कार्यालय बर्दिबासबाट संयुक्त रुपमा खटेको प्रहरी टोलीले प्याज र २ सय बोरा सिमेन्ट प्रहरीले नियन्त्रणमा लिएको हो । […]