Samajik Feed – News Portal from Nepal


समाजिक फीड
जनकपुरधाम ,माघ ११ गते

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रियसभा चुनावमा भोट नखसाल्ने भएका छन्।

राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशको मतदान बिहान ९ बजेदेखि हेटौँडामा भइरहेको छ।


उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् ।


मेयर शाह कार्यव्यस्तताका कारण हेटौँडा जान नपाएको उनको सचिवालयले जनाएको छ।


मेयर शाह बागमती प्रदेशका मतदाता हुन। यसअघि पनि गत ४ मंसिरमा भएको निर्वाचनमा उनले प्रदेशतर्फ मतदान गरेका थिएनन्।

काठमाडौँ महानगरपालिका–९ स्थित अन्नपूर्ण मतदानस्थलमा उनले सुरक्षाकर्मीले इशारा गर्दा पनि भोट नहाल्ने भन्दै फर्किएका थिए। मेयर शाह स्वतन्त्रबाट निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *