काठमाडाैँ, १० माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्तिमार्फत् अधिवेशन माघ २२ गते सोमबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको हो ।
यस अघि मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।