Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ ११ गते ।

मधेश सहित सातवटै प्रदेशमा राष्ट्रिय सभाको रिक्त हुन लागेको १९ सदस्यका लागि शान्तिपुर्ण मतदान भइरहेको छ ।

जनकपुर सहित सातै प्रदेशका मतदान केन्द्रहरूमा बिहीबार बिहान ९ बजेदेखि मतदान जारी छ ।

मधेश प्रदेशमा दुई जना सदस्यका लागि जनकपुरस्थि महेन्द्रनरायण निधि मिथिला संस्कृतिक केन्द्रमा मतदान भइरहेको छ ।

प्रदेशसभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षहरु मतदानमा सहभागी छन् । मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य र २६७ जना पालिका प्रमुख, उपप्रमुख गरी ३७४ जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१९ सदस्यका लागि भइरहेको राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धन, एमालेलगायत ८ दलका ५१ जना उम्मेदवार छन् ।

मतदान आज अपराह्न ३ बजेसम्म चल्नेछ। लगत्तै मत गणना गरी आजै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ।

सत्ता गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादीका १ जना उम्मेदवार छन्।

कांग्रेबाट कोशीमा कृष्ण सिटौला, मधेसमा आनन्द ढुंगाना, बागमतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेत, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदम परियार, लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरा उम्मेदवार छन्।

माओवादी केन्द्रबाट कोशीमा चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द उम्मेदवार छन्।

एकीकृत समाजवादीले दोलखाका धनश्याम रिजाल र सावित्री विश्वकर्मालाई उम्मेदवार बनाएको छ। पुजा चौधरी जसपाको उम्मेदवार छिन्।

त्यस्तै एमालेबाट बागमतीमा त्रिलोचन भट्ट, रोचकुमारी चौलागाइँ, ध्रुवराज विश्वकर्मा, विवेक देवकोटा, कर्णालीमा डिल्लीराज भट्ट, हिक्मत विश्वकर्मा, विमलाकुमारी शाही, सुदूरपश्चिममा सावित्रा घिमिरे, रामचन्द्र जोशी, ईश्वरीप्रसाद खरेल, गण्डकीमा हेमन्द्र शेरचन र सम्झना देवकोटा उम्मेदवार छन्।

कोशीमा एमालेले राप्रपासँग गठबन्धन गरेको छ। त्यस्तै कोशीमा परशुराम अधिकारी र रुक्मिणी कोइराला उम्मेदवार छन्।

लुम्बिनीबाट झपेन्द्रबहादुर बिसी, तुलसाकुमारी केसी, मधेसमा विजेता झा र उषा थरूनी उम्मेदवार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *