समाजिक फीड
जनकपुरधाम, माघ ११ गते ।
राष्ट्रियसभा निर्वाचनका लािग मधेश प्रदेशमा मतदान सम्पन्न भएको छ ।
दुई जना सदस्यका लागि जनकपुरस्थित महेन्द्र नरायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान भएको हो ।
एकजना प्रदेशसभा सदस्य बाहेक सबै मतदाताले भोट खसालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान सम्पन्न भएर अहिले मतगणनाको तयारी चलिरहेको सहायक प्रदेश निर्वाचन अधिकारी नवीन चौधरीले बताए ।
सर्वदलीय बैठक सकेर सबा तीनबजेदेखि मतगणना सुरु हुन्छ,’ उनले भने ।
मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य र २६७ जना पालिका प्रमुख, उपप्रमुख गरी ३७४ जना मतदाता छन् ।
मधेश प्रदेशसमा सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसबाट आनन्द प्रसाद ढुंंगाना र जसपाका पुजा चौधरी उम्मेदवार छिन् ।
त्यसैगरि नेकपा एमालेबाट विजेता झा र उषादेवी थरुनी उम्मेदवार छन् ।
जनमत पार्टीबाट रामशंकर महासेठ चुनावी मैदानमा उत्रिएका हुन् ।