Samajik Feed – News Portal from Nepal

सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो । महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र […]

भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद सजाय

काठमाडौँ, ३ फागुन । ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर भएका छन् । विशेष अदालतले भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको हो । अदालतले गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि सोही सजाय तोकेको छ । samajik_feedsamajikfeed.com

ललिता निवास जग्गा प्रकरण: १२ जना दोषी ठहर

काठमाडौँ, ३ फागुन । ललिता निवास जग्गा हिनामिना प्रकरणमा कर्मचारी, बिचौलियासहित १२ जना दोषी ठहरिएका छन् । विशेष अदालतले ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कलाधर देउजा, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीसहित १२ जनालाई दोषी ठहर गरेको हो । त्यस्तै सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि अदालतले दोषी ठहर […]

घरेलु मैदानमा नामिबियासँग हार्‍यो नेपाल

सामाजिक फीडजनकपुरधाम,फागुन ३ गते । आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए । ललितराज वंशीले दुई विकेट लिँदा रोहित पौडेलले एक विकेट लिए । पहिला ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रूपमा ओपन कुशल भुर्तेललाई शून्य रनमा गुमाएको थियो ।दोस्रो […]

आईसिसी विश्वकप क्रिकेट लिग २ : नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

सामाजिक फीडजनकपुरधाम , फागुन ३ गते । आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १३२ रनमै अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा पहिले ब्याटिङ थालेको नेपाल ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा समेटिएको हो। घरेलु टोली नेपालका ब्याटर फ्लप सावित हुँदा नामिबियाले १ सय ३३ रनको सामान्य लक्ष्य पाएको हो। […]

सहीछाप कीर्ते मुद्दामा मटिहानीका मानमहन्थ वैष्णवले पाए सफाइ

सामाजिक फीड, रूपन्देही, ३ फागुन । सहीछाप कीर्ते मुद्दामा राजगुठी मटिहानीका मानमहन्थ जगरनाथ दास वैष्णवलाई अदालतले निर्दोष ठहर गरेको छ । बुधबार जिल्ला अदालत रूपन्देहीका न्यायाधीश डा. श्रीप्रसाद उप्रेतीले दासलाई सरकारी कागजात कीर्ते जालसाजीको मुद्दामा सफाइ दिएपछि उनी कारागार मुक्त भएका हुन् । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको सहीछाप कीर्ते गरी रोक्का […]

विदेशी मुद्रासहित दुई पाकिस्तानी पक्राउ

सामाजिक फीड, काठमाडौँ, ३ फागुन । करिब एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिक पक्राउ परेका छन् । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानबाट काठमाडौँ ओर्लिएका ३१ वर्षीय यासिन अहमद र ४८ वर्षीय मोहमद अनाम लखानीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट ५ लाख डेनमार्कको मुद्रा बरामद् भएको बताइएको छ । […]

राैतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

सामाजिक फीड, राैतटहट, २ फागुन । राैतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राजदेवी नगरपालिका–७ मुडवलवाका २५ वर्षीय तेजा ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो । samajik_feedsamajikfeed.com

एसीसी वुमेन्स प्रिमियर कप: नेपाल सेमिफाइनलमा प्रवेश

मलेसिया । एसीसी वुमेन्स प्रिमियर कप–२०२४ अन्तर्गत बुधबारको खेलमा कुवेतलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । मलेसियामा भएको क्वार्टरफाइनलमा कुवेतमाथि नेपालले डीएलएस मेथडमा ८ विकेटको जित निकालेको हो । अब नेपालले फाइनल प्रवेशका लागि आयोजक मलेसियासँग शुक्रबार खेल्नेछ। कुवेतले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ६.५ ‌ओभरमा २ विकेटको क्षतिमा ५० रन बनाउँदा खेल […]

नेपालगञ्ज–जनकपुरधाम चार्टर उडान हुने

सामाजिक फीड, बाँके, २ फागुन । पर्यटन प्रबर्द्धनका लागि नेपालगञ्ज–जनकपुरधाम चार्टर हवाई उडान हुने भएको छ । यही शनिबार र सोमबार नेपालगञ्ज–जनकपुरधाम चार्टर उडान हुने नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिएका हुन् । नेपालगञ्जस्थित मिथिला समाजको आग्रहमा दुई दिन चार्टर उडान हुने उनले जानकारी दिए । […]