सामाजिक फीड,
काठमाडौँ, ३ फागुन । करिब एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।
बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानबाट काठमाडौँ ओर्लिएका ३१ वर्षीय यासिन अहमद र ४८ वर्षीय मोहमद अनाम लखानीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूबाट ५ लाख डेनमार्कको मुद्रा बरामद् भएको बताइएको छ । यो नेपाली रुपैयाँ ९५ लाख ४३ हजारभन्दा बढी हुने प्रहरीको भनाइ छ । उनीहरूलाई सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइँदैछ ।