Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ३ फागुन । ललिता निवास जग्गा हिनामिना प्रकरणमा कर्मचारी, बिचौलियासहित १२ जना दोषी ठहरिएका छन् । विशेष अदालतले ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कलाधर देउजा, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीसहित १२ जनालाई दोषी ठहर गरेको हो ।

त्यस्तै सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतले सुवर्ण शमसेरका परिवारलाई पनि दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरूलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर हुने अन्यमा सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *