सामाजिक फीड
जनकपुरधाम,फागुन ३ गते ।
आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ ।
बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए । ललितराज वंशीले दुई विकेट लिँदा रोहित पौडेलले एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रूपमा ओपन कुशल भुर्तेललाई शून्य रनमा गुमाएको थियो ।
दोस्रो विकेटको रूपमा अनिल शाह ८ रनमा आउट भए ।
कप्तान रोहित शर्मा एक रन बनाएर पभेलिएन फर्किदा अर्का ओपनर आसिफ सेख ४ रनमा आउट भए ।
नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम सार्की ४४ रनमा आउट हुँदा कुशल मल्लले १५ रन बनाए ।
सोमपाल कामी २ रनमा आउट भए । गुलसन झाले २१ रन बनाउँदा पवन सर्राफ १२ रनमा पभेलिएन फर्किए । करण केसी १६ रन बनाएर आउट हुँदा ललितराज वंशी शून्य रनमा नटआउट रहे ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका गिर्हाड इरासमुस एक्लैले ५ विकेट लिए । नेपालले आफ्नो दोस्रो खेलमा शनिबार नेदरल्याण्डसँग खेल्नेछ ।