चीनबाट ल्याइएको १ सय ११ कन्टेनर मल १० महिनादेखि गोदममै थन्कियो, समस्यामा किसान

समाजिक फीडजनकपुरधाम, फागुन ८ गते । चीनबाट ल्याइएको एक सय ११ कन्टेनर रासायनिक मल गोदाममै थन्किएपछि किसानलाई समस्या भएको छ । कृषि सामग्री कम्पनीले मल लिन नमान्दा १० महिनादेखि रसायनिक मल गोदाममै थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको […]
धनुषामा बिना खर्च १० जोडीको २० मिनेटमै यसरी भयो विवाह

समाजिक फीड जनकपुरधाम, फागुन ८ गते । धनुषाको मिथिला नगरपालिका–२ स्थित रहेको सतलोक आश्रममा दश जोडीको सामुहिक विवाह सम्पन्न भएको छ । विवाहित जोडीहरु नेपाल र भारतका विभिन्न स्थानका रहेका छन् । रमैणी विधिबाट उनीहरुको बिना खर्चकै सामुहिक विवाह सम्पन्न भएको हो । भारतका विवादित सन्त रामपाल महाराजको ३७ औं बोध दिवस र सन्त कबीर […]
राष्ट्रिय वाणिज्य बैंकबाट एक करोडभन्दा बढी रकम चोरी, एक कर्मचारी पक्राउ

सामाजिक फीड, काठमाडौँ, ८ फागुन । ग्राहकको रकम चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारी पक्राउ परेका छन् । सीआईबीले यो शाखाका कनिष्ट सहायक रोहितकुमार ओझालाई पक्राउ गरेको हो । नक्कली ‘कनेक्ट आईपीएस’ बनाएर १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको उनीमाथि आरोप छ । प्रारम्भिक […]
आगो ताप्ने क्रममा जलेर एक वृद्धाकाे मृत्यु

सामाजिक फीड, महोत्तरी, ८ फागुन । महोत्तरीको सम्सीमा आगो ताप्ने क्रममा जलेर एक जनाकाे मृत्यु भएकाे छ । सम्सी गाउँपालिका–१ बसवरिया टोलमा आगो ताप्ने क्रममा ७० वर्षीया पूजा यादवको मृत्यु भएको हाे । कपडामा आगो सल्किँदा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । samajik_feedsamajikfeed.com
फागुन १० गतेदेखि ‘जनकपुर साहित्य महोत्सव’ आयोजना हुँदै

समाजिक फीड जनकपुरधाम, फागुन ८ गते । ‘जनकपुर साहित्य महोत्सव’ को पाँचौ संस्करण फागुन १० गतेबाट शुरू हुने भएको छ। नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव १२ फागुनसम्म राम मन्दिर पार्कमा आयोजन हुनेछ । तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता […]
भारतमा नेपालीले अब सजिलै सिमकार्ड पाउने

सामाजिक फीडजनकपुरधाम , फागुन ८ गते । भारतमा नेपालीले अब सहजै रुपमा सिमकार्ड पाउने भएका छन्। भारत सरकारले नेपाली र भुटानीलाई सहज रुपमा सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको हो। अब नेपाली र भुटानीले मतदाता परिचयपत्र देखाएर पनि मोबाइलको सिमकार्ड पाउने मिलाइएको भारत सरकारले जनाएको छ। अन्य देशबाट भारत जाने नेपाली र भुटानीले भने सिमकार्ड लिन […]
प्रधानमन्त्री दाहाल र आरती साहको परिवारबीच भेट

सामाजिक फीड, काठमाडौँ, ८ फागुन । प्रधानममन्त्री पुष्पकमल दाहालले आरतीलाई न्याय दिलाउन पहल गर्ने आश्वासन दिएका छन् । मंगलबार बालुवाटार पुगेकाे आरतीको परिवारसँगकाे भेटमा प्रधानमन्त्री दाहालले यस्ताे आश्वासन दिएका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै आरतीका भाइ प्रेमले भने, ‘प्रमाणहरू लुकाइयो, हामीमाथि पनि कुटपिट भयो भनेर हामीले भन्यौँ । उहाँले हाम्रो कुरा सुन्नुभयो । त्यहीबाट […]
सरस्वतीको मूर्ति विसर्जन गरिए पनि ईशनाथमा कर्फ्यु यथावत्

सामाजिक फीड, रौतहट, ८ फागुन । रौतहटको ईशनाथमा सहमति जुटेपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यु यथावत् रहेको छ । ईशनाथ नगरपालिका–७ घिउरा गाउँमा गत शुक्रबारदेखि थन्किएको सरस्वतीको मूर्ति सोमबार अपराह्न कर्फ्यु अवधिभित्रै सहमतिअनुसार विसर्जन गरिएको छ । मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयअनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको […]
हिन्दु राष्ट्रको पक्षमा कांग्रेसमा हस्ताक्षर अभियान जारी

समाजिक फीड जनकपुरधाम, फागुन ८ गते । सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महसमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन्। महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर हस्ताक्षर अभियान चलाएका हुन्। सनातन हिन्दु राष्ट्र नेपालको अभियानको नाममा अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेका छन्। अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइरालाबाहेक अरू शीर्ष नेताहरूले […]
वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

सामाजिक फीडजनकपुरधाम , फागुन ७ गते । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो । सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश […]