Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, ८ फागुन । प्रधानममन्त्री पुष्पकमल दाहालले आरतीलाई न्याय दिलाउन पहल गर्ने आश्वासन दिएका छन् । मंगलबार बालुवाटार पुगेकाे आरतीको परिवारसँगकाे भेटमा प्रधानमन्त्री दाहालले यस्ताे आश्वासन दिएका हुन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै आरतीका भाइ प्रेमले भने, ‘प्रमाणहरू लुकाइयो, हामीमाथि पनि कुटपिट भयो भनेर हामीले भन्यौँ । उहाँले हाम्रो कुरा सुन्नुभयो । त्यहीबाट कसैलाई फोन पनि गर्नुभयो ।’ प्रधानमन्त्री प्रचण्डले न्यायका लागि पहल गर्ने आश्वासनसमेत दिएको प्रेमले जानकारी दिए ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा साहको परिवार मंगलबार बालुवाटार पुगेका थिए । धनुषाकी आरतीको हत्या भएको माइती पक्षको दाबी छ । परिवारले निरन्तर धर्ना दिएपछि मुद्दा दर्ता भएर आरतीका श्रीमान् पुर्पक्षका लागि थुनामा छन् ।

गत जेठ ७ गते साँझ आरती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *