Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, ८ फागुन । ग्राहकको रकम चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारी पक्राउ परेका छन् ।

सीआईबीले यो शाखाका कनिष्ट सहायक रोहितकुमार ओझालाई पक्राउ गरेको हो । नक्कली ‘कनेक्ट आईपीएस’ बनाएर १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको उनीमाथि आरोप छ ।

प्रारम्भिक अनुसन्धानबाट १ करोड ३७ लाख ८६ हजार रकम नक्कली ‘कनेक्ट आईपीएस’ बनाएर चोरी गरेको भेटिएको सीआईबीले जनाएको छ । ‌ओझामाथि थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *