सामाजिक फीड,
महोत्तरी, ८ फागुन । महोत्तरीको सम्सीमा आगो ताप्ने क्रममा जलेर एक जनाकाे मृत्यु भएकाे छ ।
सम्सी गाउँपालिका–१ बसवरिया टोलमा आगो ताप्ने क्रममा ७० वर्षीया पूजा यादवको मृत्यु भएको हाे । कपडामा आगो सल्किँदा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।