Samajik Feed – News Portal from Nepal


समाजिक फीड

जनकपुरधाम, फागुन ८ गते ।

सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महसमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन्।

महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर हस्ताक्षर अभियान चलाएका हुन्।

सनातन हिन्दु राष्ट्र नेपालको अभियानको नाममा अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेका छन्।

अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइरालाबाहेक अरू शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन।

२०७५ सालको महासमितिमा पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो।

त्यतिबेला भने कोइरालाले यो एजेण्डामा हस्ताक्षर गरेका थिएनन।

त्यसबेला महासमितिमा रहेका ७२१ जना सदस्यहरूले हस्ताक्षर गरे पनि त्यसले बैठकमा औपचारिक प्रवेश भने पाएको थिएन।

केही समय अघि महासमितिको तयारीका लागि बसेको वैठकमा २२ केन्द्रिय सदस्यले पुरक प्रतिवेदन सभापति शेरबहादुर देउवालाई वुझाएका थिए ।

यसपटक पनि कांग्रेसले यो एजेण्डालाई आधिकारिकता नदिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माको दावी छ ।

महासमितिमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, अर्थमन्त्री डा प्रकाशशरण महत र लेखा प्रतिवेदन पेश हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *