Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम , फागुन ८ गते ।

भारतमा नेपालीले अब सहजै रुपमा सिमकार्ड पाउने भएका छन्।

भारत सरकारले नेपाली र भुटानीलाई सहज रुपमा सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको हो। अब नेपाली र भुटानीले मतदाता परिचयपत्र देखाएर पनि मोबाइलको सिमकार्ड पाउने मिलाइएको भारत सरकारले जनाएको छ।

अन्य देशबाट भारत जाने नेपाली र भुटानीले भने सिमकार्ड लिन भिसासहितको राहदानीको प्रतिलिपि अनिवार्यरुपमा देखाउनुपर्नेछ।

त्यस्ता सिमकार्डमा कुनै पनि अन्तर्राष्ट्रिय रोमिङलाई अनुमति दिइने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *