सांसद् कोइरीको निलम्बन फुकुवा

काठमाडौँ, ८ पुष । नेकपा एमालेका प्रतिनिधिसभा सांसद् लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । मधेश आन्दोलनसँग सम्बन्धित मुद्दामा अदालतबाट सफाइ पाएपछि आइतबार संसद् सचिवालयले पनि कोइरीको निलम्बन फुकुवा गरिदिएको हो । यसअघि आइतबार नै सांसद कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए । संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले विज्ञप्ति […]
मधेश प्रदेश : ६० बोरा प्याज सहित पिकअप प्रहरीको नियन्त्रणमा

समाजिकफिड जनकपुरधाम, पुस ८ गते । बाराबाट प्रहरीले अबैध प्याज सहित पिकअप नियन्त्रणमा लिएको छ । सिमरा उपमहानगरपालिका वडा नम्बर -७ स्थित जितपुरबाट प्रहरीले शनिवार ६० बोरा प्याज नियन्त्रणमा लिएको हो । बिरगंजबाट चितवनतर्फ जादै गरेको प्र.२०३–००९ च ६२०३ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढिको करिब ३ सय किलो प्याज नियन्त्रणमा लिएको […]
प्रधानमन्त्री कप महिला टी–२० : मधेश प्रदेशको तेस्रो हार

काठमाडौँ, ८ पुष । काठमाडाैँमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मधेश प्रदेशले आफ्नो तेश्रो खेलमा पनि हार ब्यहोरेको छ । आइतबारको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले हराएको हो । कोशी प्रदेशले लगातार तेस्रो जित हासिल गरेको छ भने मधेश प्रदेशले लगातार तेस्रो हार भोगेको छ । टस जितेर पहिले ब्याटिङ […]
करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौँ, ८ पुस । महोत्तरी र काठमाडौँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । महोत्तरीको सम्सी गाउँपालिका–१ मर्धरटोलका २५ वर्षीया प्रियङ्का महतोको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको विद्युतीय बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, काठमाडौँ महानगपालिका–३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट […]
सुगानिकासका जयनरायण मृत्यु प्रकरण: आरोपी बुवा पक्राउ, छोरा र ज्वाइँ फरार

समाजिक फीड जनकपुरधाम, पुस ८ गते । धनुषाको हंसपुर नगरपालिका–५ स्थित सुगानिकासका ६० वर्षीय जयनरायण मण्डल (दीपा) को मृत्यु प्रकरणमा तीनजना विरुद्ध किटानी जाहेरी परेको छ । मृतक मण्डलको कुटपिटमा संलग्न रहेको आरोपमा तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रंजन अवाका […]
बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु

बर्दिया, ७ पुष । बर्दियाको बैरियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । शनिबार बिहान बारबर्दिया नगरपालिका–४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो । बिहान साढे ११ बजेतिर सामुदायिक वननजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो । उनको उद्धार गरी उपचारका लागि अस्ताल लगिएकोमा दिउँसो साढे १ बजे मृत्यु […]
‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाउने एक ट्राभल्स एजेन्सीका सञ्चालक पक्राउ

काठमाडौँ, ७ पुष । ‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाउने एक ट्राभल्स एजेन्सीका सञ्चालक पक्राउ परेका छन् । नक्कली कागजातका आधारमा विदेश पठाउने मोरङका विनोद कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । उनले एयरलाइन्सलाई प्रतिव्यक्ति दशदेखि १५ हजार र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म दिएर विदेश पठाउने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय […]
बाराको प्रसौनीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ, ७ पुस । बाराको प्रसौनीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको म. प्र. ०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कलैया उपमहानगरपालिका–१३ का २२ वर्षीय कुन्दन मेहता खत्री र सोही उपमहानगरपालिकाको वडा नम्बर १२ का २२ वर्षीय अभिमन्यु कुशवाहाको मृत्यु भएको हो । उनीहरूको […]
नारायणगढ–मुग्लिन सडकमा आजदेखि दैनिक चार घण्टा गाडी चलाउन नपाइने

चितवन, ७ पुस । नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा […]
काठमाडौँ महानगरभित्रका विद्यालयले अनुशासन इन्चार्ज राख्न नपाउने

काठमाडाैँ, ६ पुष । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अब अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् । शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डीआई नराख्न महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत् जानकारी दिएका छन् । विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक […]