काठमाडौँ, ८ पुस । महोत्तरी र काठमाडौँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । महोत्तरीको सम्सी गाउँपालिका–१ मर्धरटोलका २५ वर्षीया प्रियङ्का महतोको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरको विद्युतीय बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, काठमाडौँ महानगपालिका–३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।