Samajik Feed – News Portal from Nepal

बर्दिया, ७ पुष । बर्दियाको बैरियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । शनिबार बिहान बारबर्दिया नगरपालिका–४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो ।

बिहान साढे ११ बजेतिर सामुदायिक वननजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो ।

उनको उद्धार गरी उपचारका लागि अस्ताल लगिएकोमा दिउँसो साढे १ बजे मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ । बैरिया गाउँका एक जना स्थानीयले भने बालक सामुदायिक वन भित्र प्रवेश गरेको र त्यही बेला बाघले उनीमाथि आक्रमण गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *