काठमाडौँ, ७ पुष । ‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाउने एक ट्राभल्स एजेन्सीका सञ्चालक पक्राउ परेका छन् । नक्कली कागजातका आधारमा विदेश पठाउने मोरङका विनोद कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।
उनले एयरलाइन्सलाई प्रतिव्यक्ति दशदेखि १५ हजार र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म दिएर विदेश पठाउने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ ।
भिजिट भिषामा विदेश जान लागेका युवायुवतीहरूको शंकास्पद कागजातहरू कार्कीले बनाएको पाइएको पनि प्रहरीले जनाएको छ ।