Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ७ पुस । बाराको प्रसौनीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको म. प्र. ०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कलैया उपमहानगरपालिका–१३ का २२ वर्षीय कुन्दन मेहता खत्री र सोही उपमहानगरपालिकाको वडा नम्बर १२ का २२ वर्षीय अभिमन्यु कुशवाहाको मृत्यु भएको हो ।

उनीहरूको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

मोटरसाइकल अनियन्त्रित भई दुधौरा खोलाको पुलको पिल्लरमा ठोक्किन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *