Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ८ पुष । नेकपा एमालेका प्रतिनिधिसभा सांसद् लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । मधेश आन्दोलनसँग सम्बन्धित मुद्दामा अदालतबाट सफाइ पाएपछि आइतबार संसद् सचिवालयले पनि कोइरीको निलम्बन फुकुवा गरिदिएको हो । यसअघि आइतबार नै सांसद कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए ।

संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले विज्ञप्ति जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी दिए । कोइरीमाथि मधेश आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद् पदबाट निलम्बनमा परेका थिए ।

गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो । अदालतबाट सफाइ पाएपछि कोइरीले निलम्बन फुकुवाको लागि निवेदन दिएपछि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (५) बमोजिम निलम्बन फुकुवा भएको संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *