Samajik Feed – News Portal from Nepal

धनुषाबाट चोरी गरेको मोटर सहित एक युवक पक्राउ

समाजिक फीड- जनकपुरधाम, पुस १० गते । धनुषामा चोरी भएको मोटर सहित एक जना पक्राउ परेका छन् । माछा पोखरीमा प्रयोग हुने मोटर सहित प्रहरीले लक्ष्मिनिया गाउँपालिका–५ बस्ने राजु यादबलाई पक्राउ गरेको हो । उनलाई धनुषाधाम नगरपालिका–८ स्थित मुलाबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले खोजतलाश गर्ने क्रममा चोरी भएको उक्त मोटर धनुषाको लक्षमिनियाँ […]

मधेशवादी दल सरकार छोडेर तुरन्त आन्दोलनमा आउनुपर्छ : राजेन्द्र महतो

समाजिक फीडराजविराज, पुस १० गते ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले मधेशवादी भनिएका दलहरू समाप्त हुने बाटोमा रहेको बताएका छन् । नेता महतोले जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकार छोडेर संघर्षमा नआए समाप्त हुने तथा नया शक्तिको उदय हुने बताएका हुन् ।महतोले मधेस आन्दोलनमाथि सङ्कट उत्पन्न भएको बताए । नेपाल […]

धनुषामा शव फेला परेको यी दुई महिला को हुन् ?

समाजिक फीड- जनकपुरधाम, पुस १० गते । धनुषामा दुई जना महिलाको शव फेला परेको महिना दिन हुन लागदा पनि पहिचान खुल्न सकेको छैन । नेपाल र भारतका विभिन्न निकायमा समन्वय गर्दा पनि उनीहरुको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गत मंसिर १२ गते धनौजी गाउँपालिका–४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा […]

कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु

धनगढी, १० पुस । कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० आमखैका ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको हो । घरको आगनमा बालेको आगो ताप्ने क्रममा त्यसमा लडेर बडुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विकले जानकारी दिए । samajik_feedsamajikfeed.com

किराँत समुदायले आज उधौली पर्व मनाउँदै

काठमाडौँ, १० पुष । किराँत समुदायले आज उधौली पर्व मनाइरहेको छ । किराँतहरूले हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन याे पर्व मनाउँछन् । मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा उधाैली मनाउने गरिएको हो । किराँत राईहरूको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा […]

रेड नोटिस जारी भई फरार रहेका एक जना कतारबाट पक्राउ

काठमाडौँ, ९ पुष । प्रविधिको प्रयोग गरी बैंकबाट रकम चोरी घटनाका आरोपित एक जनालाई कतारबाट पक्राउ गरिएको छ । धनुषाको औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका हुन् । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई उनी फरार थिए । उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको […]

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : मधेश प्रदेशको पहिलो जित

काठमाडौँ, ९ पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा मधेश प्रदेशले पहिलो जित निकालेको छ । सोमबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले गण्डकी प्रदेशलाई २७ रनले हराउँदै पहिलो जित निकाल्न सफल भएको हो । यसअघिका तीनवटै खेलमा मधेश पराजित भएको थियो । सोमबारको खेलमा मधेशले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको गण्डकी […]

आरती साहका श्रीमान् मोतीबाबु पुन: पक्राउ

जनकपुरधाम, ९ पुष । आरती साहका श्रीमान् मोतीबाबुलाई प्रहरीले पुन: पक्राउ गरेको छ । माेतीबाबुलाई पुनः थुनामा पठाउन सर्वोच्च अदालतले दिएको आदेशानुसार धनुषा प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो । सर्वोच्चले मंसिर २० मा यस्तो आदेश दिएको थियो । यसअघि, पुर्पक्षमा रहेका मोतीबाबुलाई उच्च अदालतको आदेशमा धराैटीमा रिहा गरिएको थियो । २०८० जेठ ७ मा […]

बलिउड अभिनेता अरबाज खानले गरे दोस्रो विवाह

मुम्बई । बलिउड अभिनेता अरबाज खानले दोस्रो विवाह गरेका छन् । उनले मेकअप आर्टिस शूरा खानसँग आइतबार साँझ विवाह गरेका हुन् । विवाह समारोह अरबाजकी बहिनी अरपिताको घरमा आयोजना गरिएको थियो । अरबाजले मध्यरात सामाजिक सञ्जालमार्फत् श्रीमती शूराको साथ फोटो सेयरसमेत गरेका छन् । अरबाजसँग विवाह गर्ने शूरा अभिनेत्री रवीना टन्डनकी मेकअप आर्टिस्ट पनि हुन् […]

मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न

सिरहा, ८ पुष । सिरहाको मिर्चैयामा जारी मिथिला लोक चित्रकला प्रतियोगिता–२०८० सम्पन्न भएको छ । मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगको आयोजनमा पुष २ गते सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा चित्रकार रुवी कर्ण प्रथम, नेहा दास द्वितीय र बिना कर्ण तृतीय भएका छन् । उनीहरूलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार […]