जनकपुरधाम, ९ पुष । आरती साहका श्रीमान् मोतीबाबुलाई प्रहरीले पुन: पक्राउ गरेको छ । माेतीबाबुलाई पुनः थुनामा पठाउन सर्वोच्च अदालतले दिएको आदेशानुसार धनुषा प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो । सर्वोच्चले मंसिर २० मा यस्तो आदेश दिएको थियो ।
यसअघि, पुर्पक्षमा रहेका मोतीबाबुलाई उच्च अदालतको आदेशमा धराैटीमा रिहा गरिएको थियो । २०८० जेठ ७ मा जनकपुर उपमहानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा आरती मृत फेला परेकी थिइन् । आरतीको हत्या भएको पीडित परिवारको आरोप छ ।
पीडितको जाहेरीका आधारमा प्रहरीले त्यतिबेला मोतीबाबु र ससुरा मदनमोहन साहलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । आरतीका बुवा, आमा, बहिनी र भाइ काठमाडौँमा निरन्तर धर्ना दिँदै आएका छन् ।