Samajik Feed – News Portal from Nepal

मुम्बई । बलिउड अभिनेता अरबाज खानले दोस्रो विवाह गरेका छन् । उनले मेकअप आर्टिस शूरा खानसँग आइतबार साँझ विवाह गरेका हुन् । विवाह समारोह अरबाजकी बहिनी अरपिताको घरमा आयोजना गरिएको थियो । अरबाजले मध्यरात सामाजिक सञ्जालमार्फत् श्रीमती शूराको साथ फोटो सेयरसमेत गरेका छन् ।

अरबाजसँग विवाह गर्ने शूरा अभिनेत्री रवीना टन्डनकी मेकअप आर्टिस्ट पनि हुन् । विवाहमा अरबाजका नजिकका साथी र परिवार सदस्य मात्र सहभागी थिए । उनका बुबा सलीम, भाइ सलमान, सोहेल र बहिनी अलवीर खानलगायत सहभागी थिए । अभिनेत्री रिद्धिमा पण्डित पनि विवाहमा पुगेकी थिइन् ।

अरबाजले ५६ वर्षको उमेर दोस्रो विवाह गरेका हुन् । यसअघि अरबाजले सन् १९९८ मा अभिनेत्री तथा नृत्याङ्ना मलाइका अरोरासँग विवाह गरेका थिए । उनीहरूबीच सन् २०१७ मा सम्बन्ध विच्छेद भएको थियो । उनीहरूका एक छोरा अरहान खान छन् ।

मलाइकासँगको सम्बन्ध विच्छेदपछि उनी जर्जिया आन्ड्रियानीसँग प्रेम सम्बन्धमा थिए । आन्ड्रियानीसँगको ब्रेकअप भएपछि अरबाजले शूरासँग विवाह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *