सिरहामा मिटरब्याजीले अदालतमै कुटे पिडित, रातभर प्रहरी कार्यालय अगाडी धर्ना

समाजिक फीडजनकपुरधाम, पुस १२ गते ।मिटरब्याजी अभियुक्त श्याम निरौलाले दुई जना पीडितलाई कुटेपछि मिटरब्याज पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बसेका छन्। सिरहा जिल्ला अदालत परिसरमा सुरक्षाकर्मीकै अगाडी उनले महिलालाई कुटपिट गर्दा समेत प्रहरीले वास्ता नगरेको भन्दै पिडितहरु आन्दोलित भएका हुन् । बकपत्रका लागि अदालत पुग्दा मिटरब्याज अभियुक्त निरौलाले पीडितद्वय सकुन्ती यादव र सुकुमारी […]
पूर्वडीआईजी शाहसहित दुई जना भ्रष्टाचारी ठहर

काठमाडौँ, ११ पुस । पूर्वप्रहरी नायव महानिरीक्षक डीआईजी महेशविक्रम शाहसहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वडीआईजी शाह र पूर्वसई दीपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिएका छन् । मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र सिन्धुलीको दुधौलीमा कार्यरत रहेका बेला ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता […]
अमेरिका पठाइदिने भन्दै २६ लाख ठगेको आरोपमा एक जना पक्राउ

काठमाडाैँ, ११ पुष । अमेरिका पठाइदिने भन्दै २६ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौँ बुढानिलकण्ठ नगरपालिका वडा-३ बस्ने ५९ वर्षीय भैरवबहादुर ठकुरी पक्राउ परेका हुन् । उनीविरुद्ध कृतेश खरेलसमेत २ जनाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै पैसा लिइसकेपछि सम्पर्कविहीन भएको वैदेशिक रोजगार विभागमा उजुरी छ। सोही उजुरीको आधारमा उनलाई […]
सिरहाको होटेलमा महिलासँगै बसेका पुरुषको मृत्यु, महिला पक्राउ

समाजिक फिड- जनकपुरधाम, पुस ११ गते । सिराहाको मिर्चैयामा महिलासँगै होटलमाबसेका एक पुरूषको मृत्यु भएको छ । कटारी चोकमा रहेको ओखलढुङ्गे होटलमा बुधबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय मुकेशप्रसाद कर्ण मृत फेला परेका हुन्। हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक […]
घुस लिएको आरोपमा पूर्वरजिस्ट्रार पक्राउ

काठमाडौँ, ११ पुस । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार उदयबहादुर पराजुली घुस लिएको आरोपमा पक्राउ परेका छन् । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा प्रहरीले पराजुलीलाई पक्राउ गरेको हो । मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते […]
सिरहाको मिर्चैयास्थित होटलमा एक जनाको मृत्यु

सिरहा, ११ पुष । सिरहाको मिर्चैयास्थित होटलमा एक जनाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–६ कटारी चौकमा रहेको ओखलढुङ्गे गिरि हाेटल एण्ड गेष्ट हाउसमा सिरहा कल्याणपुर–१० का ४० वर्षीय नवीन भनिने मुकेशप्रसाद कर्णको मृत्यु भएको हो । बुधबार होटलमा अचानक ढलेका कर्णलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको […]
कछुवा गतिमा मधेशको लाकसेवा आयोग, ४ वर्षमा मात्रै ८४ जना कर्मचारी सिफारिस

समाजिक फीड जनकपुरधाम, पुस ११ गते । मधेश प्रदेशको लोक सेवा आयोगले चार वर्षको अवधिमा ८४ जना कर्मचारी मात्रै सिफारीस गर्न सकेको जनाएको छ । ६४५ जना कर्मचारी पुर्तिका लागी विज्ञापन निकालेको आयोगले ८४ जना कर्मचारी नियुक्तिका लागी प्रदेश सरकार लाई सिफारिस गरेको हो ।प्रदेश लोक सेवा आयोग गठनसम्बन्धी व्यवस्थाअनुसार २०७६ कात्तिक ४ गते आयोगमा […]
पक्राउ परेका प्रिन्सिपल रुपेश हत्याका मुख्य सुटर सुजित भारतीय प्रहरीको पनि ‘मस्ट वान्टेड’ सूचिमा

समाजिक फीड जनकपुरधाम, पुस ११ गते । बाराको कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्याका मुख्य सुटर सुजित सिंह नेपालमा मात्र नभई भारतीय प्रहरीको पनि मस्ट वान्टेड सूचीमा रहेको खुलेको छ । उनी कन्ट्र्याक्ट किलर रहेको जिल्ला प्रहरी बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार रौतहटका विभिन्न क्षेत्रमा पछिल्लो पाँच वर्षको […]
राष्ट्रका नाममा प्रधानमन्त्री दाहालको सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, १० पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा भएका मुख्यमुख्य कामका विवरणसहित सुशासन प्रबर्द्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयास र आगामी कार्ययाजनाबारे जानकारी दिएका छन् । उनले […]
सरकारको एकवर्षे प्रगति विवरण सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, १० पुष । सरकारले एकवर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व सम्हालेको १ वर्ष पुगेको अवसरमा ८८ पृष्ठ लामो कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको संयुक्त सरकारको प्रगति विवरणमा विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद सरकारले एक वर्षको छोटो अवधिमै पनि […]