काठमाडौँ, १० पुष । सरकारले एकवर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व सम्हालेको १ वर्ष पुगेको अवसरमा ८८ पृष्ठ लामो कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको संयुक्त सरकारको प्रगति विवरणमा विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद सरकारले एक वर्षको छोटो अवधिमै पनि आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्यहरू प्रारम्भ गरेको दाबी गरिएको छ ।
त्यस्तै सुरु गरिएका कार्यहरू र प्राप्त उपलब्धिले राष्ट्रलाई शान्ति, स्थिरता, सुशासन र अग्रगमनतर्फ अघि बढाउन र अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा र गौरव बढाउन सहयोग पुगेको सरकारको विश्वास छ ।
प्रगति विवरणको पूर्णपाठ: