सिरहा, ११ पुष । सिरहाको मिर्चैयास्थित होटलमा एक जनाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–६ कटारी चौकमा रहेको ओखलढुङ्गे गिरि हाेटल एण्ड गेष्ट हाउसमा सिरहा कल्याणपुर–१० का ४० वर्षीय नवीन भनिने मुकेशप्रसाद कर्णको मृत्यु भएको हो ।
बुधबार होटलमा अचानक ढलेका कर्णलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनको मृत्युको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।