Skip to main content

काठमाडाैँ, ११ पुष । अमेरिका पठाइदिने भन्दै २६ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौँ बुढानिलकण्ठ नगरपालिका वडा-३ बस्ने ५९ वर्षीय भैरवबहादुर ठकुरी पक्राउ परेका हुन् ।

उनीविरुद्ध कृतेश खरेलसमेत २ जनाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै पैसा लिइसकेपछि सम्पर्कविहीन भएको वैदेशिक रोजगार विभागमा उजुरी छ।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *