मिटरब्याज पीडित र सरकारबीचको वार्ता बिनानिष्कर्ष टुंगियो

सामाजिक फीड, काठमाडौँ, १६ फागुन । मिटरब्याज पीडित र सरकारबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । आज तेश्रो दिन बुधबार पनि मिटरब्याज पीडित र सरकारबीच गृह मन्त्रालयमा वार्ता भएको थियो । तर, सहमति जुट्न सकेन । वार्तामा सहभागी पीडितहरूले समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक […]
अब भारतबाट नेपालमा फोन पे मार्फत कारोबार गर्न सकिने, दुई देशको बैंकबीच भयो यस्तो सम्झौता

समाजिक फीड जनकपुरधाम, फागुन १६ गते । नेपालमा भारतीय नागरिकले अब क्यूआर स्क्यानबाट सजिलै भुक्तानी गर्ने सक्ने भएका छन् । नेपालको भुक्तानी सञ्जाल फोनपेले भारतीय नागरिकले क्यूआर स्क्यानबाटै नेपालमा भुक्तानी गर्नसक्ने व्यवस्था गरेको हो। यसका लागि यही फागुन ४ मा दुई देशका केन्द्रीय बैंकबीच क्रसबोर्डर पेमेन्ट अर्थात् अन्तर्सीमा भुक्तानीबारे शर्तनामापत्रमा हस्ताक्षर भएको थियो। योसँगै भारतको […]
लोसपाले केन्द्रीय समिति बैठक डाक्यो

सामाजिक फीड, काठमाडौँ, १६ फागुन । वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेसँगै लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रीय समिति बैठक डाकेको छ । महोत्तरीको बर्दिबासमा फागुन २७ गतेदेखि २९ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने लोसपाले जनाएको हो । पार्टीलाई सुदृढीकरण गर्दै संगठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाइएको पार्टीले जनाएको छ । यसअघि संगठन […]
बारामा विस्फोट भएको १५ किलोको शंकास्पद वस्तु साढे ६ हजारमा किनबेच भएको खुलासा

समाजिक फीड जनकपुरधाम, फागुन १६ गते । बाराको निजगढमा विष्फोट भएको विस्फोटक पदार्थ साढे ६ हजारमा कबाडबाट खरिद भएको प्रहरी अनुसन्धानमा खुलासा भएको छ । काट्ने क्रममा सोमवार दिउँसो विस्फोट भएको झण्डै १५ किलो तौलको त्यो पदार्थ के रहेको अझै खुल्न सकेको छैन् । बारा प्रहरीले त्यो विस्फोटक पदार्थको टुक्रा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा […]
हत्या अभियोगमा मधेशका ५८ सहित ४०६ जना पक्राउ, १२३ जना अझै फरार

समाजिक फीड काठमाडौं, फागुन १६ गते । नेपाल प्रहरीले गत ६ महिनामा ४ सय ६ जनालाई हत्या अभियोगमा पक्राउ गरेको छ । चालु आर्थिक वर्षमा कर्तव्य ज्यान मुद्दा लागेका ५ सय २९ जनामध्ये ४ सय ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । यद्दपी १२३ जना अझै फरार रहेको र उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाको […]
सुन–चाँदीको भाउ घटयो , कतिमा हुदैछ कारोबार ?

सामाजिक फीडजनकपुरधाम , फागुन १६ गते । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटे्को छ। मंगलबारको तुलनामा आज सुन प्रतितोला एक सय रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको […]
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सामाजिक फीड, काठमाडौँ, १६ फागुन । सुनसरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ सुनसरीको रामधुनी नगरपालिका-४ मानपुरमा प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक सोही नगरपालिका-९ का २४ वर्षीय करण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको […]
राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय

सामाजिक फीड, काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी निर्णय गरेको छ । बुधबार सम्पन्न भएको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो । फागुन अन्तिम साता हुने राष्ट्रियसभाको चुनाव हुन लागेको छ । बैठकमा बोल्ने अधिकतर स्थायी कमिटी सदस्यले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने धारणा राखेका थिए । […]
चार भोजपुरी कलाकारसहित ९ जनाको दुर्घटनामा मृत्यु

बिहार, १५ फागुन । भोजपुरी फिल्म उद्योगका चार चर्चित कलाकारको सडक दुर्घटनामा ज्यान गएको छ । भारतको बिहार राज्यस्थित कैमुरमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म जगतले चर्चित कलाकारहरू गुमाएको हो । मृत्यु हुनेमा भोजपुरीका चर्चित गायक तथा अभिनेता पुण्यश्लोक पाण्डेय ‘छोटु पाण्डेय’, मोडल तथा अभिनेत्री सिमरन श्रीवास्तव, आँचल तिवारी, गीतकार सत्य प्रकाश मिश्रा ‘बैरागी बाबा’ […]
पंकज उदासको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

सामाजिक फीड, भारत । भारतका प्रसिद्ध गजल गायक पंकज उदासको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मंगलबार उनको पार्थिव शरीरलाई मुम्बईको वर्लीस्थित हिन्दू शवदाह गृहमा अन्येष्टि गरिएको हो । उदासको पार्थिव शरीरमा भारतको झण्डा ओढाएर राष्ट्रिय सम्मान प्रदान गरिएको थियो । उनको सोमबार ७२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको थियो । […]