सामाजिक फीड,
काठमाडौँ, १६ फागुन । सुनसरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ सुनसरीको रामधुनी नगरपालिका-४ मानपुरमा प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा चालक सोही नगरपालिका-९ का २४ वर्षीय करण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।