Samajik Feed – News Portal from Nepal

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

सामाजिक फीड, काठमाडौँ, २९ फागुन । राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा राष्ट्रियसभामा रहेका सत्तापक्षीय चार दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । बैठकको अध्यक्षता गरेकी राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले मत विभाजन प्रक्रियाबाट मतदान गराउँदा दाहालले ३९ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी युवराज शर्माले १७ मत […]

सुनको सिक्री नपाउँदा बिहे नै रद्द गर्ने बेहुला पक्राउ

सामाजिक फीड, पर्सा, २९ फागुन । दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरिदिएका बेहुलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सिक्री नपाउँदा विवाह मण्डपबाट उठेर जन्तीलाई समेत फर्काएपछि प्रहरीले पक्राउ गरेको हो । जन्तीसहित बिहे गर्न वीरगञ्ज रानीघाट गएका साहले विवाह मण्डपमा बेहुली […]

होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु

सामाजिक फीड, जनकपुरधाम, २९ फागुन । जनकपुरधामको एक होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु भएको छ। मंगलबार सिटी स्टार फेमिली होटलबाट अचेत अवस्थामा भेटिएपछि अस्पताल पुर्‍याइएकी युवतीको मृत्यु भएको हो । मृतक पोखराको मियाँ टोलकी २७ वर्षीया खुश्बु सुनार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। अर्को कोठामा बस्ने व्यक्तिले ती युवतीलाई बेहोस अवस्थामा देखेपछि होटल […]

गृहमन्त्री रविले प्रहरीलाई भने-अपराधीलाई कारबाही गर्न कसैको आदेश कुर्नु पर्दैन

 समाजिक फीड काठमाडौं, फागुन २९ गते । गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् । सार्वजनिक रुपमा अपिल गर्दै गृहमन्त्री लामिछानेले गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् । ऐनअनुसार कारबाही गरेर कानुनी राज्य भनेको के हो […]

मधेशसहित तीन प्रदेशका प्रमुख पदमुक्त, मधेशमा भण्डारी सिफारिस

सामाजिक फीड, काठमाडौँ, २८ फागुन । संघीय सरकारले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रलाई पदमुक्त गरेको छ । सोमबार मिश्रलाई पदमुक्त गरी सुमित्रा भण्डारीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । भण्डारी नेकपा एमालेनिकट रहेको बताइएको छ । त्यस्तै, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ, सुदूरपश्चिमका […]

कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा आगलागी

कैलाली, २८ फागुन । कैलालीको कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । सोमबार दिउँसाे चिसापानीस्थित पुलमाथि गुडिरहेको अवस्थामा ट्रकमा आगलागी भएको हो । ट्रकबाट आगो पुलमा समेत सल्किएको छ । लाइटर बोकेको ट्रकमा आगलागी जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जनाएका छन् । आगो निभाउने प्रयास भइरहेको छ । samajik_feedsamajikfeed.com

दार्चुलामा हिरासतबाट भागेका थुनुवालाई पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु

समाजिक फीडजनकपुरधाम, फागुन २८ गते । जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतबाट एकजना थुनुवा भागेका छन्। महाकाली नगरपालिका–१ का उमेशसिह कुँवरलाई जिल्ला प्रहरी कार्यालयले थुनुवा कक्षाबाट मुद्दा शाखा लगेर सोधपुछ गरिएको थियो। त्यसक्रममा उनी हत्कडी लगाएकै अवस्थामा भागेर महाकाली तरेका थिए। जिल्ला प्रहरी कार्यालयको पछाडिबाट हामफालेर भाग्ने क्रममा जवान चौधरीले सिंहलाई रोक्न खोजेका थिए। हतकडीसहित हामफालेका […]

माघ २७ मै मनाइसकिएको पर्वको बिदा फागुन २८ गते !

सामाजिक फीड, काठमाडाैँ, २८ फागुन । संघीय सरकारले ग्याल्पो ल्होसार भन्दै आज सार्वजनिक बिदा दिएको छ । तर, यो पर्व एक महिनाअघि अर्थात् माघ २७ मै मनाइसकिएको शेर्पा समुदायले जनाएको छ । एक महिनापछि बिदा दिइएको भन्दै नेपाल शेर्पा संघले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले त्रुटि गरेको संघका […]

प्लाई उद्योगमा भीषण आगलागी

सामाजिक फीड, झापा, २८ फागुन । झापाको ज्यामिरगढीमा रहेको प्लाई उद्योगमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका–१५ स्थित भगवती प्लाइउड उद्योगमा बिहान ५ बजेदेखि आगलागी भएको हो । आगो अझै नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । करिब ९ घण्टा बित्दासमेत आगलागी नियन्त्रणमा नआएपछि भारतबाट समेत दमकल झिकाइएको छ । बिहानैदेखि झापाका सबै नगरपालिका, मोरङ, […]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन सांसदहरूलाई कांग्रेसको ह्वीप

समाजिक फीडजनकपुरधाम , फागुन २८ गते । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न दलका सांसदहरूलाई ह्वीप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको फागुन ३० गते बस्ने बैठकमा अनिवार्य उपस्थित भइ प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप […]