Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २८ फागुन । संघीय सरकारले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रलाई पदमुक्त गरेको छ । सोमबार मिश्रलाई पदमुक्त गरी सुमित्रा भण्डारीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

भण्डारी नेकपा एमालेनिकट रहेको बताइएको छ । त्यस्तै, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ, सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीलाई पनि पदमुक्त गरिएको छ । अब गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई सिफारिस गरिएको छ ।

यसअघि कांग्रेस-माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखहरूलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *